punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लाखौं खर्च गर्दा पनि रहेनन् एम्बुलेन्स चालक मल्ल

Chaupati
safha napa

धनगढी, साउन १ । कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा एम्बुलेन्स चलाउँदै आएका रमेश मल्लको मृत्यु भएको छ।

आफ्नै तीन तले घर माथिबाट खसेर गत असार ७ गेत घाइते भएका मल्लको उपचारको क्रममा बुधबार ललितपुरंमा मृत्यु भएको हो । उनको उपचारमा २० लाख रुपैयाँ खर्च भएपनि उनलाई बचाउन सकिएन ।

धनगढी तथा नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई ललितपुरमा रहेको मेडिसिटि अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा करिब २० लाख भन्दा बढी खर्च भएपछि रकम अभावले उपचारमा समस्या देखिन थालेको भन्दै स्थानीय युवाहरुले मल्ललाई बचाउन अभियानसमेत सञ्चालन गरेका थिए।

सामाजिक कार्यमा अग्रसर रहने मल्लको उपचारका लागि भन्दै स्थानिय युवाहरुले दुई दिनको अवधीमा करिब डेढ लाख रुपैँया संकलन गरी पठाएका थिए।


१ साउन २०७७, बिहीवार ०२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु