नगरप्रमुखले छोरालाई घुस लिन पठाएपछि…
काठमाडौं, साउन १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुखका छोरालाई घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले नगर प्रमुख सूर्यनाथ मण्डलका छोरी सन्तकुमार मण्डलबाट एक लाख र उनका साथी जितेन्द्र महतोबाट चार लाख घुस रकमसहित पक्राउ गरेको हो ।
नगरप्रमुखले डिपीआर गर्ने काम सम्पन्न गरेको कामको भुक्तानी दिनका लागि घुस मागेर आफ्नो छोरालाई लिन पठाएको अवस्थामा अख्तियारले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
दुवैलाई लहान नगरपालिका वडा नं। २२ स्थित रादेजवी चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
१ साउन २०७७, बिहीवार ०१:१९ बजे प्रकाशित













