सशस्त्रका एसएसपी बलात्कारको आराेपमा पक्राउ

काठमाडौं, असार ३१ । बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल (एपीएफ)का वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ।

अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए। कास्कीका प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले अधिकारीलाई पक्राउ गरिएको पुष्टी गरे। एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको श्रेष्ठले बताए ।


३१ असार २०७७, बुधवार १२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु