punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नागरिक उन्मुक्तिमा फेरी विवाद : दलको नेता र प्रमुख सचेतकको जवाफ बाझियो

Chaupati
safha napa

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामा टुङ्गो लागिसकेको बताएका छन् ।

उनले पार्टीले २ मन्त्रालय पाउने र त्यसमा संसदीय दलका नेता रामेश्वर चौधरी र आफूलाई पठाउने निर्णय भइसकेको दाबी गरेका हुन् ।

पार्टीबाट मन्त्री भएपछि आफूले पाइरहेको प्रमुख सचेतकको जिम्मेवारीबाट हट्ने र संसदीय दलका नेता पनि मन्त्री नभएकालाई बनाउने सहमति भएको उनले बताए । उनले केही दिन भित्रै सरकारले पूर्णता पाउने समेत दाबी गरे ।

यता संसदीय दलका नेता रामेश्वर चौधरीले भने अहिले त्यस्तो सहमति नभएको दाबी गरेका छन् । ‘हामीलाई एउटा मात्रै मन्त्रालय दिन खोजिएको छ त्यसो हुँदा हामी सरकारमा नजान पनि सक्छौँ’ उनले भने ‘अहिले हामी मन्त्रालयको बार्गेनिङमा छौँ ।’

चौधरीले अहिले कति मन्त्रालय पाउने र कुन कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने निर्णय नभइसकेको हुँदा दलको जिम्मेवारी हेरफेरको बिषयमा पनि केही निर्णय नभएको बताए ।


२६ वैशाख २०८०, मंगलवार १४:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु