punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभा : माननीयको सेवा सुविधामा साढे तीन महिनामा २ करोड बढी खर्च

Chaupati
safha napa

कैलाली । पौष १८ गते बाट सुरु भएको सुदूरपश्चिम प्रदेशसभामा चैत्र मसान्त सम्म सेवा सुविधा र पारिश्रमिकका नाममा २ करोड बढी खर्च गरिएको छ ।

मासिक पारिश्रमिक, सञ्चार, आवास, निजी सचिवालय बन्दोबस्त, बिजुली–धारा र अतिथि सत्कार शीर्षकमा साढे तीन महिनामा प्रदेश सभाबाट २ करोड १२ लाख ६६ हजार पाँच सय ७७ रुपैयाँ खर्च भएको हो । वैशाख महिनाको सेवा सुविधा प्रदेश सभाले दिने क्रम जारी छ । २ करोड १२ लाख ६६ हजार पाँच सय ७७ रुपैयाँ चैत्र मसान्त सम्ममा प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूको सेवा सुविधामा खर्च गरेको हो ।

सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा टेकेर ५३ जना प्रदेश सभा सदस्य तथा उनका स्वकीय सचिवहरूले पारिश्रमिक र सेवा सुविधा दिएका हुन् ।

प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पुस महिनामा १५ लाख ५७ हजार ६७ रुपैयाँ ५३ वटा प्रदेश सभा सदस्यहरूले पारिश्रमिक बापत बुझेका छन्।

उनीहरूले सञ्चार शीर्षकमा एक हजार ६ सयका दरले ८४ हजार ८ सय, आवास शीर्षकमा नौ हजार ६७ का दरले चार लाख ५३ हजार तीन सय ३३, बिजुली–पानी शीर्षकमा एक हजार ६७ का दरले ६५ हजार पाँच सय ३३ र अतिथि सत्कारमा तीन हजार सात सय ३३ का दरले एक लाख ९७ हजार ८ सय ६७ रुपैयाँ बुझेका छन्।

प्रदेश सभा सदस्यहरूले माघ महिनामा ५६ हजार पाँच सयका दरले पारिश्रमिक बुझेका छन्। उनीहरूले माघमा २७ लाख ८२ हजार रुपैयाँ पारिश्रमिक बापतको बुझेका हुन्। सञ्चार शीर्षकमा एक लाख ४७ हजार, आवास सुविधामा सात लाख ६८ हजार, निजी सचिवालयमा पाँच सय ५०, बिजुली धारामा ९२ हजार र अतिथि सत्कारमा तीन लाख ५१ हजार माघमा बुझेका छन्।

फागुनमा पारिश्रमिक बापतको २८ लाख ३८ हजार पाँच सय, सञ्चारमा एक लाख ५० हजार, आवासमा सात लाख ८५ हजार, बिजुली धारामा ९४ हजार र अतिथि सत्कारमा तीन लाख ५८ हजार प्रदेश सभा सदस्यहरूले बुझेका छन्।

उनीहरूले चैतमा पारिश्रमिक बापतको २८ लाख ३८ हजार पाँच सय, सञ्चारमा एक लाख ५० हजार, आवास सुविधामा सात लाख ८५ हजार, बिजुली पानीमा ९४ हजार र अतिथि सत्कार शीर्षकमा तीन लाख ५६ हजार पाँच सय बुझेका छन्।

प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूले मात्र पुस १६ देखि चैतसम्म ६२ लाख ७० हजार नौ सय ७७ रुपैयाँ बुझेका छन्।

तीन महिनादेखि प्रदेशसभा ठप्प

पौष १८ गते देखी माघ २६ गते सम्म ७ वटा बैठक बसेको प्रदेश सभामा त्यस यता आज सम्म एउटा मात्रै बैठक बसेको छ । फागुन २१ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिन बैठक बोलाइएको थियो ।उनले विश्वासको मत पाएपछि आज सम्म अर्को बैठक बोलाइएको छैन ।

सुदूरपश्चिम प्रदेश सभाबाट चैत्र मसान्त सम्म २ करोड १२ लाख बढी सेवा–सुविधा खर्च हुँदा एउटा मात्रै बैठक बसेर २ महिनामा प्रदेश सभा सदस्यहरूको सेवा सुविधा र पारिश्रमिकको नाममा करिब डेढ करोड खर्च भइसकेको छ ।


२६ वैशाख २०८०, मंगलवार १०:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु