punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकाको टेक्सासमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु

Chaupati
safha napa

अमेरिकाको टेक्सास राज्यको डालस शहरस्थित व्यस्त सपिङ मलमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ।

घटनामा सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। एलेन प्रिमियम आउटलेट मलबाहिर एक जना बन्दुकधारीले शनिबार राति अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीको जवाफी कारबाहीमा ती बन्दुकधारीसमेत मारिएको अल जजिराले जनाएको छ।

शहरका प्रहरी प्रमुख ब्रियन हार्भीले गोली प्रहारको घटना थाहा पाउने बित्तिकै आफू घटनास्थलमा पुगेको बताएका छन्। अमेरिकामा हरेक वर्ष सयभन्दा बढी गोली प्रहारका घटना हुने गरेका छन्। जसमा कैयौँको ज्यानसमेत जाने गरेको छ। सन् २०२३ जनवरीयता मात्रै गोली प्रहारका घटनामा १९८ जनाले ज्यान गुमाइसकेका छन्।

यो संख्या सन् २०१६ यता यस अवधिमा भएको सबैभन्दा धेरै हो। सामूहिक गोली प्रहारका घटनामा आक्रमणकारी बाहेक कम्तीमा चार जना मारिने वा चार जना घाइते हुने गरेको बताइएको छ।


२४ वैशाख २०८०, आइतवार १४:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु