punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा सशस्त्र प्रहरीका हवल्दार पक्राउ, मलद्वारमा लुकाएर ल्याउँदै थिए खैरो हिरोइन

Chaupati
safha napa

कैलाली । कैलालीमा सशस्त्र प्रहरीका हवल्दार खैरो हिरोइन सहित पक्राउ परेका छन् ।

शनिवार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागु औषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनार समातिएका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका सुनारसहित दुई जनालाई पक्राउ गरेको हो ।

सुनारसँगै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका छन्। उनी खक्रौला नाकाबाट दिउँसो पक्राउ परेका थिए। सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए।

सुनार वैशाख १४ गतेदेखि लागू हुने गरी १५ दिनको बिदामा घर आएका वेला लागु औषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए।

उनका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।

अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले बताए।


२४ वैशाख २०८०, आइतवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु