punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन घण्टाको अन्तरमा बाजुराको एकै स्थानमा भूकम्पका दुई धक्का

Chaupati
safha napa

बाजुरामा शनिबार ९आज० भूकम्पका दुई धक्का महसुस गरिएको छ । दिउँसो र अपराह्न एकरएक धक्का मापन गरिएको हो ।

शनिबार अपराह्न ४ बजेर ३३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शनिबारै दिउँसो १ बजेर ४२ मिनेटमा सोही ठाउँ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि, गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमिकोट आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै, यही वैशाख १८ गते सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


२४ वैशाख २०८०, आइतवार ०७:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु