punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ड्रोन आक्रमणमार्फत पुटिनको हत्या प्रयास, रुसद्वारा विश्वयुद्धको चेतावनी

Chaupati
safha napa

रुसले बुधबार ड्रोन आक्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको दाबी गरेको छ । युक्रेनविरुद्ध युद्ध सुरु भएयता पहिलोपटक रुसले राष्ट्रपतिको हत्या प्रयासजस्तो गम्भीर आक्रमण पछाडि कीभको हात भएको आरोप लगाएको छ ।

रुसी समाचार एजेन्सी एवं सञ्चारमाध्यमले क्रेमलिनको भनाइ उदृत गर्दै ड्रोन आक्रमण भएका बेला पुटिन त्यस भवनमा नभएको र भौतिक क्षतिबाट पनि जोगिएको उल्लेख गरेका छन् ।

‘क्रेमलिनले यी कार्यहरूलाई नियोजित आतंकवादी कार्यको रूपमा मूल्यांकन गरेको छ र विजय दिवस, मे ९ को परेडको पूर्वसन्ध्यामा राष्ट्रपतिको हत्या प्रयासको रूपमा मूल्यांकन गरेको छ,’ रुसी सरकारी समाचार संस्था आरआईएले लेखेको छ ।

घटनापछि पुटिनले आफ्नो कार्यतालिका भने परिवर्तन गरेका छ्रैनन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार उनले काम गरिरहेका छन् ।

रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले भोलोदिमिर जेलेन्स्कीको पतनका लागि आह्वान गरेका छन् । “हामी कीभ आतंकवादी शासनलाई रोक्न र नष्ट गर्न सक्षम हतियारहरू प्रयोगको गर्न माग गर्नेछौं,” पुटिनका निकट सहयोगी मेदवेदेवले भने । रुसका प्रधानमन्त्रीसमेत रहेका मेदवेदेवले विश्वयुद्धको खतरा बढेको चेतावनीसमेत दिएका छन् ।

“विश्व बिराम परेको छ र सम्भवतः नयाँ विश्वयुद्धको संघारमा छ,” रुसको सुरक्षा परिषद्का उपसभापतिसमेत रहेका मेदवेदेवले भनेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यो आरोप अस्वीकार गर्दै आफ्नो देशले मस्को वा राष्ट्रपतिमाथि आक्रमण नगरेको बताएका छन् ।

“हामी पुटिन वा मस्कोमा आक्रमण गर्दैनौं । हामी हाम्रो भूमिमा लड्छौं,” जेलेन्स्कीले फिनल्यान्डको हेलसिंकीमा पत्रकार सम्मेलनमा भने, “हामी हाम्रो गाउँ र सहरको रक्षा गर्छौं ।”

रुसी राष्ट्रपतिको कार्यालयले आफ्नो देशको डिफेन्सले रातारात दुई ड्रोन खसालेको बताएको छ ।


२१ वैशाख २०८०, बिहीवार ०८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु