punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरबिदामा आएका तपेन्द्र कञ्चनपुरमा अस्ताए

Chaupati
safha napa

श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरबिदामा आएका तपेन्द्र कञ्चनपुरमा अस्ताएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया गएका थिए। मिडिया क्षेत्रमा काम गर्ने राधीका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर आएका थिए।

उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब कहिल्यै अस्ट्रेलिया नर्फकिने गरि अस्ताएका छन्। श्रीमतीसँग गरेको त्यो बाचा अब कहिले पूरा नगर्ने गरि उनी बिलाए। यतिबेला श्रीमानको बाटो कुरेर बसेकी राधीकाका आँसु थामिरहेका छैनन्। नेपालमा श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि राधीकासँगै पूरै बडुवाल परिवार शोकमा डुबेको छ।

हिजो आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो। बडुवालले चलाएको सुदुरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षीया गरिमा महता घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको छ। ट्याक्टर र चालक कृष्णपुर–८ का ४२ वर्षीय वीरसिंह महरालाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। राधीका बोहरा धनगढी र कञ्चनपुरमा रहेर विभिन्न सञ्चार माध्यममा काम गरेकि थिइन्। उनी विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेकि छन्।


१८ वैशाख २०८०, सोमवार ११:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु