punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज र भोलि चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को अनुरोध

Chaupati
safha napa

नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । आइतबार अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने मौसमविद्ले जनाएका छन् ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सोमबार पनि वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

‘पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको छ । रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ । आइतबार र सोमबार पनि वर्षाको सम्भावना छ,’ उनले भनिन् ।

प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जनरचट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

देशका पहाडी भू–भागमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् ।


१७ वैशाख २०८०, आइतवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु