punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आइपिएल: सनराइजर्सको तेस्रो जितमा दिल्लीको छैटौँ हार

Chaupati
safha napa

इन्डियन प्रिमयर लिग९आइपिएल० मा सनराइजर्स हैदराबादले लगातार तीन हारपछि लिगमा पहिलो जित निकालेको छ।

शनिबार राति भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई उसकै मैदानमा ९ रनले पराजित गर्दै लगातारको हार यात्रा अन्त गरेको हो। जितपछि हैदराबाद ६ अङ्क बनाएर आठौँ स्थानमा छ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। उसका लागि अभिषेक शर्माले सर्वाधिक ६७ रन बनाउँदा हेनरीच क्लासेन २७ बलमा ५३ रनको अविजित इनिङ खेल्न सफल भए। त्यस्तै अब्दुल समादले २८ रन बनाउँदा एकेल होसेइनले १६ रन बनाएका थिए। दिल्लीका लागि मिचेल मार्सले ४ विकेट लिएका थिए।

१ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि मिचेल मार्सको अलराउन्डर प्रदर्शनले जित दिलाउन सकेन। मार्सले ६३ रनको इनिङ खेल्दा फिल साल्टले ५९ रन बनाए। तर पछिल्लो क्रमले गतिलो स्कोर बनाउन सकेन। उसका लागि अक्षर पटेलले २९ रनको नटआउट इनिङ खेल्दा रिपल पटेलले ११ रन बनाए।

त्यस्तै प्रियम गर्गले १२ रन बनाएका थिए। पराजित दिल्ली अङ्क तालिकाको पुछारमा रहेको छ।


१७ वैशाख २०८०, आइतवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु