सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि तीनदिने फिल्म फेस्टिभल
आजदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो । नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्वस हुन लागेको जानकारी दिएको छ ।
नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताइन् । “महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तक्र्रियात्मक छलफल हुनेछ”, डा जोलीले भनिन्, “यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।” उनले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताइन् ।
सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए । “विश्वविद्यालयले सहकार्य गरेर यस्ता कार्यक्रम गरिनैराखेको हुन्छ”, उनले भने, “हामीले विश्वविद्यालयमा पढाउने कुरा पनि यही नै भएकाले सहकार्य गरेर महोत्सव आयोजना गर्न लागेका हौँ ।”
उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए । महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली ९अष्ट्रिया०, एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना ९स्पेन०, दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने ९लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली०, जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड ९स्वीडेन, लाटभिया, इराक०, इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल ९लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन०, डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर ९आयरल्यान्ड, युके० र डेभिड फ्रेनले निर्देशन गरेको मित्र ९नेदरल्यान्डस्० प्रदर्शन हुनेछन् । महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछन् ।
१५ वैशाख २०८०, शुक्रवार ०८:३४ बजे प्रकाशित































