punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा विद्यालय जाने उमेर समूहका बालबालिकाबारे जानकारी दिनेलाई पुरस्कृत गरिने

Chaupati
safha napa

डोटीमा विद्यालय जाने उमेर समूहका बालबालिकाबारे जानकारी दिने व्यक्तिलाई पुरस्कृत गरिने भएको छ । विद्यालय जाने उमेर समूहका, तर विद्यालय जान नसकेका बालबालिकालाई भर्ना गराउने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

सामाजिक विकास कार्यालय डोटीका कार्यालय प्रमुख जयदेव महराका अनुसार आफ्नो समुदायमा रहेका यस्ता बालबालिकाबारे विवरणसहित जानकारी गराउने व्यक्तिलाई सम्मानित गरिनेछ । ‘समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नारासहित शैक्षिक सत्र २०८० का लागि अहिले विद्यार्थी भर्ना अभियान चलिरहेको छ ।

छुटेका बालबालिकाबारे विवरण पेस गर्दा विद्यालय नजाने बालबालिकाको नाम, बुबाआमाको नाम, ठेगाना र विद्यालय नजानुका कारणसहित नजिकको विद्यालय, वडा कार्यालय, पालिका, शिक्षा विकास तथा समन्वय इकाइ, समाजिक विकास कार्यालयमध्ये कुनै एक ठाउँमा जानकारी गराउनुपर्ने कार्यालय प्रमुख महराले जानकारी दिए ।


१३ वैशाख २०८०, बुधवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु