punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा फोरजी सेवा : सदरमुकाममा फाइबर विस्तार

Chaupati
safha napa

दार्चुलाको लेकम गाउँपालिका–२ स्थित कैनोडा टावर र लेकम गाउँपालिका–६ स्थित उचाकोट टावरबाट फोरजी सेवा सुचारु भएको छ। ती टावरसम्म राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए ।

दार्चुलामा सञ्चारको क्षेत्रमा पछिल्लो समय परिवर्तन भइरहेको छ, उनले भने , “२०७५ सालसम्म नेपाल टेलिकमका १४ वटा टावर रहेकामा हाल जिल्लाभरि ३० वटा टावर सञ्चालनमा रहेका छन्।” सञ्चालनमा रहेका ३० वटा टावरमध्ये २५ वटामा फोरजी सेवा विस्तार भइरहेको उहाँले बताउनुभयो। स्काई फेजआउट गरेर छाङरुबाहेक सबै टावरमा जीएसएम ९नमस्ते० सेवा विस्तार गरिएको छ।

छाङरुमा मात्रै स्काइ रहेको र त्यो पनि चालु आर्थिक वर्षभित्रै विस्थापित हुने उनले जानकारी दिए । यस जिल्लाको विभिन्न स्थानीय तहमा आधा दर्जनभन्दा बढी टावर निर्माण सम्पन्न हुने क्रममा रहेको र धेरै ठाउँमा नयाँ टावर निर्माणका लागि सर्भे भइसकेको नेपाल टेलिकमले जनाएको छ।

हालसम्म एडीएसएल इन्टरनेट सेवा मात्रै भएकोले जिल्ला सदरमुकाम खलङ्गामै इन्टरनेटको गति कमजोर रहेको सेवाग्राहीको गुनासो छ। अप्टिकल फाइबर इन्टरनेट जिल्ला सदरमुकाम खलङ्गामा जडान गर्ने काम भइरहेको र चालु आर्थिक वर्षभित्रै सदरमुकाम क्षेत्रका ग्राहकको इन्टरनेट समस्या समाधान हुने जानकारी टेलिकमले दिएको छ।

दुर्गम गाउँ व्यास गाउँपालिका–१ स्थित टिङ्कर अहिले पनि सञ्चारको पहुँचबाहिर रहेको छ। टिङ्करमा रेडियो लिङ्क पु(याउन सकिने अवस्था नभएकोले सेटेलाइटमार्फत टुजी बीटीएस जडान गरेर सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

भगौलिक विकटता र विद्युतीकरण नहुँदा सञ्चार सेवा विस्तार र क्षमता अभिवृद्धिमा समस्या भइरहेकोले विद्युत्को पहुँच पुगेको ठाउँमा फोरजी सेवा धमाधम विस्तार भइरहेको जनाइएको छ।

 


१३ वैशाख २०८०, बुधवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु