चितवन अपडेट : रवि लामिछाने झण्डै दोब्बर मतले अघि लागे
चितवनमा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
उनले नेकपा एमालेका रामप्रसाद न्यौपानेले भन्दा झण्डै दोब्बर मतले अग्रता बनाएका छन्। लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गर्दा न्यौपानेले ६ सय ५५ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत प्राप्त गरेका छन्।
इच्छाकामना गाउँपालिका १ र ३ को मतगणना सकिएको छ।
११ वैशाख २०८०, सोमवार १८:०९ बजे प्रकाशित






























