लुम्बिनीमा ढल्यो एमाले नेतृत्वको प्रदेश सरकार , मुख्यमन्त्रीले पाएनन् विश्वासको मत
लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पर्यो ।
यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो । तर, उनले बहुमतका लागि आवश्यकभन्दा कम मत पाएका हुन् । आजको मतदानमा एक सांसद भने उपस्थित भएनन् ।
यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ। अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ।
११ वैशाख २०८०, सोमवार १३:५९ बजे प्रकाशित






























