punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूमिहीन र मुक्त कमैयाका लागि भूमि व्यवस्थापन मेरो पहिलो प्राथमिकता : मन्त्री चौधरी

Chaupati
safha napa

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएकी छिन्।

बर्दियाको मधुवन नगरपालिका-८, टिसियन बस्तीले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘ बर्दिया भूमिहीन, सुकुम्बासी, मुक्त कमैया भएको जिल्ला भएको हो । म पनि यही पृष्ठभूमिबाट भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पुगेको छु। त्यसकारण भूमि व्‍यवस्थापन नै मेरो पहिलो प्राथमिकता हुन्छ।’

मन्त्री चौधरीले भूमि आयोगका अध्यक्षसँग यसबारेमा छलफल भइरहेको भन्दै उनले मन्त्रिपरिषद, संसद भवन जुन ठाँउमा बोल्नु परेपनि भूमि व्यवस्थापन गरेरै छाड्ने विश्वास दिलाइन्।

उनले भनिन्, ‘ अहिले देशभरी नै सुकुम्बसी र भूमिहीनहरुको जग्गा विषयमा कुरा आइरहेको छ। यसको बारेमा भूमि आयोगसँग छलफल भइरहेको छ। यसबारेमा मैले मन्त्रिपरिषद्मा, संसद भवनमा पनि बोलेकी छु र बोल्नेबाला छु।’

पछिल्लो समय बर्दिया लगायतका देश भर देखिएको सहकारीको समस्यालाई पनि आफूले गम्भीर रुपमा लिएको र यस विषयलाई पनि महत्वपूर्ण रुपमा हेर्ने उनको भनाइ थियो ।

‘अहिले देशभर सहकारीले भूमिहीन र सहकारीको समस्याबारे जुन आवाज उठिरहेको छ। यसलाई गम्भीर रुपमा लिएकी छु। मन्त्रालयले यसबारेमा पनि सदन र सकारमा समाधानको लागि आवाज पुर्‍याउँछु।’

सोही कार्यक्रममा स्थानीयहरुले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले ज्ञापनपत्रमा उल्लेख भएका विषयहरुलाई गम्भीर रुपमा लिने समेत बताइन् ।


११ वैशाख २०८०, सोमवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु