punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज देशभर पानी पर्ने

Chaupati
safha napa

स्थानीय वायु र पश्चिमी वायुका कारण आज देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहको छ।

मौसमविद् गोविन्द कुमार झाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइहेको छ।

काठमाडौं उपत्यकामा आइतबारदेखि नै पानी परिरहेको छ। मौसमविद् झाले आज दिनभरि नै बादल लाग्ने र सामान्य वर्षा हुने क्रम चलिरहने बताए।

विशेषगरी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित सामान्य देखि हल्का वर्षाको सम्भावना रहेको उनले बताए।

उपत्यका बाहिर पनि अधिकांश भूभागको मौसममा बदली भई हल्का देखि सामान्य वर्षाको सम्भावना रहेको उनले बताए। तराईका केही भागहरुमा हावाहुरीको सम्भावना रहेको छ।

उनका अनुसार मंगलबारदेखि मौसममा क्रमिक सुधार हुनेछ ।


११ वैशाख २०८०, सोमवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु