punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज साउदी अरेबियासँग भिड्दै नेपाल

Chaupati
safha napa

एसिसी प्रिमियर कपअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग भिड्दैछ।

मुलपानी मैदानमा नेपाल र साउदीबीच विहान ९ बजे खेल सुरु हुने तालिका छ। नेपालले मुलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो।

समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ।

नेपाल र साउदीबीच २०१२ पछि प्रतिस्पर्धा हुन लागेको हो। २०१२ मा अबुधावीमा एसिसी ट्रफीको खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो।

सो खेलमा ज्ञानेन्द्र मल्लले २३ बलमा नटआउट ६१ रन जोडेका थिए। पहिले ब्याटिङ गरेको साउदी १३१ रनमै अलआउट भएको थियो। जुन लक्ष्य नेपालले १३।१ ओभरमै पार गरेको थियो।

एक दशकपछिको साउदी टिममा निकै सुधार आइसकेको छ। साउदीले जारी प्रतियोगिताको पहिलो खेलमा कतारमाथि ७ विकेटको जित हात पारेको थियो।


११ वैशाख २०८०, सोमवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु