punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री प्रचण्डलाई भारतले दियो भ्रमणको निम्तो

Chaupati
safha napa

भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रमणको निम्तो पठाएको छ।

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्ने योजना बनाएका प्रचण्डलाई भारतले औपचारिक रुपमा भ्रमणको मिति तोकेर पत्र पठाएको सरकारी उच्च स्रोतले  जानकारी दिएको छ।

प्रधानमन्त्री बनेको ४ महिना बितिसक्दा पनि विदेश भ्रमण नै हुन नसकिरहेको चर्चाबीच अन्ततः प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमणमा जाने निश्चित भएको हो।

भारत भ्रमणका लागि मिति नै तोकेर पत्र आइसकेको भए पनि अहिले नै मिति भने सार्वजनिक गर्न नमिल्ने ती अधिकारीले जानकारी दिएका छन्।

‘उच्च सुरक्षा चुनौतीलाई ध्यानमा राखेर एकतर्फी रुपमा मात्रै अहिले नै मिति सार्वजनिक गर्न प्रोटोकलले दिँदैन, भारत र नेपालले आफ्नो अनुकूल समयमा एकै पटक मिति सार्वजनिक गर्ने छन्‚’ ती अधिकारीले भने।

स्रोतका अनुसार भारत भ्रमणबारे केही दिनमै मिति सार्वजनिक गर्ने सरकारको तयारी छ। भ्रमणका क्रममा विभिन्न सम्झौता, ऊर्जा, सडक परियोजना, विकास साझेदारीलगायत विषयमा छलफल हुनेछ।

भारत भ्रमणकै क्रममा यसअघि भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा पनि द्विपक्षीय छलफल हुनेछ।

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्ड दुवै व्यस्त भएका कारण भ्रमणको समय अलि लम्बिएको ती अधिकारीले बताए। दुवै प्रधानमन्त्रीको अनुकूल समयमा वैशाख अन्तिममा भारत भ्रमण हुने लगभग पक्का रहेको बताइएको छ।


१० वैशाख २०८०, आइतवार २१:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु