चिडियाखानामा राखियो कञ्चनपुरको नरभक्षी बाघ
कञ्चनपुरको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखाना जावलाखेल ललितपुरमा ल्याइएको छ । आइतबार उक्त नरभक्षी बाघ सदर चिडियाखानामा ल्याइएको हो । सो बाघलाई हाल बाघ खोरको होल्डिङ कोठामा राखिएको छ ।
उक्त पोथी बाघ अन्दाजी ५ वर्ष उमेरको रहेको जनाइएको छ । वैशाख ८ गत कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पचई गाउँ क्षेत्रमा पर्ने खष्टी नालामा बिहान करिव १० बजेतिर बाघले स्थानीय गंगा देवी चन्दलाई बाघ आक्रमण गर्दा मृत्यु भएको थियो । बाघको आतंक बढेसँगै सम्बन्धित निकायको पहलमा बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना ल्याइएको हो ।
१० वैशाख २०८०, आइतवार २१:१९ बजे प्रकाशित































