punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश स्तरीय समीक्षा बैठक आइतबार देखी गोदावरीमा सुरु, छ जिल्लाको प्रस्तुति सकियो बाकीको भोली

Chaupati
safha napa

नेकपा एमालेको मिसन ग्रास रुट कार्यक्रमको सुदूरपश्चिम प्रदेश स्तरीय समीक्षा बैठक आइतबार देखि कैलालीको गोदावरीमा सुरु भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उप महासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ सचिव लेखराज भट्ट समेतको उपस्थितिमा मिसन ग्रास रुट कार्यक्रममा प्रदेशमा भएका गतिविधि, सदस्य नवीकरण, नयाँ सदस्यता बितरण लगायतका बिषयमा समीक्षा भइरहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्म राज पाठकले जानकारी दिए । दुई दिनसम्म चल्ने समीक्षा बैठकमा मिसन ग्रास रुटमा खटिएका केन्द्रीय प्रतिनिधि र जिल्ला अध्यक्षहरूले प्रतिवेदन पेश गरिरहेका छन् ।

No description available.

समीक्षा बैठकको पहिलो दिन पाँच जिल्लाको प्रस्तुति सकिएको छ । दार्चुला,अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा र डोटीको प्रस्तुति सकिएको र बाँकी तीन जिल्लाको प्रस्तुति दोस्रो दिन सोमबारको बैठकमा हुने प्रदेश कमिटीका सचिव पाठकले बताए । उनका अनुसार दोस्रो दिनको बैठकमा मिसन ग्रास रुटमा अनुगमन का लागि खटिएका स्थायी समिति सदस्यद्वय बिन्दा पाण्डे र कर्ण थापाको अनुगमन प्रतिवेदन पेश हुने कार्यक्रम रहेको छ ।

समीक्षा बैठकको सुरुवातमा बोल्दै पार्टी प्रचार विभाग प्रमुख समेत रहेका उप महासचिव पृथ्वी सुब्बा गुरुङले मिसन ग्रास रुटमा खटिएकाहरूबाट जिल्लामा पार्टीको अवस्था, सदस्यताको अवस्था, अन्य पार्टीहरूको अवस्था र एमालेले गत निर्वाचनमा पाएको मत र एमालेले आगामी दिनमा गर्नुपर्ने काम समेत समेटिएर प्रतिवेदनमा आउने अपेक्षा केन्द्रीय कमिटीले राखेको बताएका थिए । समीक्षा बैठक प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भइरहेको छ ।

 


१० वैशाख २०८०, आइतवार २१:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु