punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागूऔषध मुद्दाका फरार प्रतिवादी अढाई वर्षपछि पक्राउ

Chaupati
safha napa

लागूऔषध मुद्दामा फरार रहेका प्रतिवादी अढाई वर्षपछि पक्राउ परेका छन् । लागूऔषध मुद्दाका प्रतिवादी कञ्चनपुरको बेदकोट नगरपालिका-९ का सुरेश रानालाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कञ्चनपुले रानालाई ०७७ पुस ७ मा खैरो हेरोइनसम्बन्धी मुद्दामा दुई महिना कैद र दुई सय रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए ।

यसैबीच प्रहरीले कञ्चनपुरको बैलौरी-५ विद्यानगरबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१३ का दिपेन्द्र राना र सुमित रानालाई शनिबार पक्राउ गरेको हो । उनीहरुबाट शून्य दशमलव ७५ ग्राम खैरो हेरोइनसमेत बरामद भएको डिएसपी प्रकाश डाँगीले बताए । उनीहरुले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।


१० वैशाख २०८०, आइतवार २०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु