कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष अधिकारीको निधन
कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।
दुर्घटनामा परी घाइते अधिकारीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । गत वैशाख १ गते कीर्तिपुरको पुष्पलाल पार्कस्थित ओरालोमा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए ।
दुर्घटनापछि टाउकोमा गम्भीर चोट देखिएका उनलाई १ गते नै अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १ बजे अस्पतालले मृत घोषणा गरेको वडा सचिव बालकृष्ण बास्कोटाले जानकारी दिए ।
४७ वर्षीय अधिकारी २०७९ को स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
१० वैशाख २०८०, आइतवार १७:२४ बजे प्रकाशित































