punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओमानले मलेसियालाई ८ विकेटले हरायो

Chaupati
safha napa

एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमानले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमानले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो ।

ओमानका लागि जितेन्दर सिहंले सर्वाधिक एक सय एक रनको योगदान दिए । उनले एक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित उक सय एक रनको योगदान गरेका हुन् ।

त्यस्तै कश्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो ।

मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए भने मुहम्मद स्याहदातले ५५ रन बनाए ।

बलिङतर्फ ओमानका जिसन मक्सुदले चार विकेट लिए भने आयन खान र विलल खानले समान दुईरदुई विकेट लिए ।


१० वैशाख २०८०, आइतवार १७:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु