punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डकाे प्रस्ताव– नेकपातिरै फर्कौं, फेरि एकताको पहल गरौं

Chaupati
safha napa

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ब्युँताउनुपर्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा एकीकृत समाजवादीले गरेको विचार गोष्टीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुनः नेकपातिर फर्कन आह्वान गरेका हुन्।

उनले देशको राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि एक हुन जरूरी रहेको बताउँदै एकताको प्रस्ताव गरेका हुन्।

‘आउनुस् बसौं संगै, विना आग्रह र पूर्वाग्रह समीक्षा गरौं। विचारधारात्मक रुपमा समीक्षा गरौं। राष्ट्रको हितमा एकता फेरि एउटा नयाँ पहल सुरु गरौं,’ उनले भने।

उनले कम्युनिस्ट आन्दालनको प्रभाव देशमा व्यापक विस्तारित भएको तर कम्युनिस्ट पार्टीहरु अलग हुँदा जनता र देशले अपेक्षा गरेको परिणाम दिन नसकेको बताउँदै फेरि एकतामा फर्किनुपर्ने बताए।

एमाले र माओवादीको एकतालाई कार्यकर्ताले मात्र होइन जनताले पनि अनुमोदन गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले बहस र आत्ममीक्षा गर्दै एकतामा फर्किनुपर्ने बताए।

‘त्यसले मात्रै कम्युनिस्ट आन्दोलनप्रति इमानदार हुनसक्छौं,’ उनले भने।


१० वैशाख २०८०, आइतवार १६:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु