बुटवलबाट बाग्लुङरू जाँदै गरेको बस जोरधारामा दुर्घटना
आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेकोलु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको हो ।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दारको कार्य थालेका छन् । हाल २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको प्रहरीले जानकारी दिएका छन् भने जसमध्ये केहिकोे अवस्था गम्भीर रहेको छ ।
बसमा कति जना यात्रु थिए भन्ने बारेमा अझै कुनै जानकारी प्राप्त भएको छैन ।
१० वैशाख २०८०, आइतवार १०:५९ बजे प्रकाशित































