punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु

Chaupati
safha napa

कैलालीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका बोराडाँडीमा बिहीवार साँझ दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार उनी बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको हो।

उनको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बताएको छ।


१० वैशाख २०८०, आइतवार ११:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु