punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड र ओलीबीच भेटवार्ता: प्रधानन्यायाधीशको नियुक्ति र संसदीय समिति गठनबारे छलफल

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ। दुई नेताबीच प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन लगायत विषयमा छलफल भएको बताइएको छ।

शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। भेटमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सिफारिस र संसदीय समिति गठनका बारेमा छलफल भएको हो।

प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा एमाले अध्यक्ष ओलीले केही दिन अघि बसेको संवैधानिक परिषदको वैठकमा संसदीय समिति गठन नगरी प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न नसकिने अडान लिएका थिए। उनको उक्त अडानपछि संवैधानिक परिषद्को बैठक विना निष्कर्ष सकिएको थियो।


८ वैशाख २०८०, शुक्रवार १४:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु