सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो
आज बैशाख ८ गते शुक्रबार ! आज नेपाल बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य आज दोस्रो दिन पनि स्थिर रहेको छ । यसदिन चाँदीको मूल्य तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य बुधबारदेखि स्थिर अवस्थामा छ ।
८ वैशाख २०८०, शुक्रवार १३:४० बजे प्रकाशित













