punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्‍यवस्था गर्न सांसद जोशीको माग

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरु सवार सो जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन्।

‘ भारतबाट नेपाल फर्कदै गर्दा बझाङबासी दाजुभाईहरु जीप बैतडी जिल्लाको झौखेलमा दुर्घटना हुँदा दुर्घटनामा ६ जना मानिसहरुको घटनास्थलमै मृत्यु भएको छ। ५ जना घाईते भएका छन्,’ उनले भने, ‘ लासहरु बैतडी जिल्लाको पाटनमा लिएर राखिएका छन्। त्यसो भएको हुनाले म गृह मन्त्रालयमार्फत् उनीहरुको उचित क्षतिपूर्तिको व्यवस्थासहित यो दुखद घटनाको समाधानका लागि तत्काल गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’

चैत्र २८ गते साँझ जीप दुर्घटना भएको थियो। सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले लास समेत बुझेका छैनन्।

सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

 


२९ चैत २०७९, बुधवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु