काठमाडौँमा मोटरसाइकल दुर्घटनामा परि बझाङका एक युवकको मृत्यु
काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा बझाङका एक युवकको मृत्यु भएको छ ।
जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं ७ लामागडाका २३ का दीपक रावतको काठमाडौँमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।
उनले चलाउँदै गरेको सु.प.प्र.०१. ०१० प २२५५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा उनको मृत्यु भएको उनका आफन्त वीरेन्द्र सिंहले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२५ चैत २०७९, शनिवार १५:२६ बजे प्रकाशित































