punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वरिष्ठ नेता मुकुन्द न्यौपानेले त्यागे नेकपा एकीकृत समाजवादी, एमालेमै फर्किने

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी त्यागेका छन्।

शनिबार काठमाडौंमा एक पत्रकार सम्मलेन गर्दै उनले पार्टी त्यागेको बताएका हुन्।

एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको र पार्टी अवसरवादमा लिप्त भएको आरोप उनले लगाएका हुन्।

उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे।

उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए।

उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे।

‘नेकपा (एकीकृत समाजवादी) ले परिचय दियो तर पहिचान दिन सकेन। सदैव आफ्नो आफ्नो स्वार्थमा निहीत भएको आभाष भएको मलाई लाग्यो,’ उनले भने।

सांसदहरूलाई पार्टीले ९-९ महिनामा मन्त्री दिने भनेर आश्वासन समेत दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नटिक्ने पनि दाबी गरे।


२५ चैत २०७९, शनिवार १५:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु