punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बित्थडचिरमा कमल बोहरा स्मृति भलिबल चैत २८ देखि

Chaupati
safha napa

बझाङको बित्थडचिर गाउँपालिकामा कमल बोहरा स्मृति भलिबल तथा देउडा प्रतियोगिताको चैत २८ देखि आयोजना हुने भएको छ ।

नेकपा एमाले बित्थडचिर गाउँ कमिटीद्वारा आयोजित प्रथम स्मृति भलिबल तथा देउडा प्रतियोगिता आउँदो मङ्गलवार देखी देउलेखमा हुने आयोजकले जनाएको छ ।
देवेश्वरी माविका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष कमल बोहराको प्रथम स्मृति दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष दीपेन्द्र बोहराले बताए ।

प्रतियोगिताको विजेताले ३१ हजार १११ रुपैयाँ तथा तथा उपविजेताले २१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत हुनेछन् ।खेल देवेश्वरी मावि देउलेखको खेलमैदानमा हुनेछ ।
यस्तै स्थानीय कला र संस्कृति, संरक्षण गरौँ हटाएर विकृति शीर्षकमा वडा स्तरीय महिला पुरुष देउडा प्रतियोगिता समेत हुनेछ ।

देउडा प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले ५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बोहराले बताए । सहभागी हुन इच्छुक टिमहरूले चैत २७ सम्म दर्ता हुनुपर्ने आयोजकले जनाएको छ ।

एमालेको चुनाव केन्द्रित आमसभामा सहभागी हुन सदरमुकाम चैनपुर गएका कमल बोहराको गत चैत २८ गते नदीमा डुबेर मृत्यु भएको थियो । एमाले बझाङले आयोजना गरेको आमसभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता थिए।


२४ चैत २०७९, शुक्रवार २१:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु