punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजदेखि निर्वाचन आचारसंहिता लागू

Chaupati
safha napa

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज शुक्रवारदेखि आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगले बारा २, चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू गरेको जनाएको छ ।

आचारसंहिताको कार्यान्वयनका लागि आचारसंहिता अनुगमन समिति परिचालन हुने आयोगले जनाएको छ । आचारसंहिता उल्लंघनका घटनाबारे लिखित, मौखिक, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट आधार र कारण खुलाई प्रमाणसहित उजुरी दिन समेत आयोगले अनुरोध गरेको छ ।

नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।


२४ चैत २०७९, शुक्रवार ०९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु