punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वविजेता अर्जेन्टिना फिफा वरीयताको शीर्षमा, नेपालको पनि सुधार

Chaupati
safha napa

विश्व फुटबलको सर्वोच्च निकाय फिफा ले नयाँ वरीयता सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिनाले फ्रान्स र ब्राजिललाई उछिनेर शीर्ष स्थानमा उक्लिएको छ।

अघिल्लो वरीयतामा दोस्रो स्थानमा रहेको अर्जेन्टिना शीर्षमा पुगेको हो। विश्व वरीयताको दोस्रोमा फ्रान्स र तेस्रो स्थानमा ब्राजिल छन्।

नयाँ वरीयता अनुसार बेल्जियम चौथो र इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छन्। वरीयताअनुसार नेदरल्यान्ड्स छैटौँ, क्रोएसिया सातौँ, इटाली आठौँ, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा छन्।

नयाँ वरीयताअनुसार नेपालले एक स्थान सुधार गर्न सफल भएको छ। नयाँ वरीयता अनुसार नेपाल १७४ औँ उक्लिएको छ। नेपाल यसअघि १७५ औँ स्थानमा थियो।

वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ। भारत भने १०१ औँ स्थानमा छ। भारत पहिलो स्थानमा छ। १५४ औँ वरीयता पाएको माल्दिभ्स दक्षिण एसियामा दोस्रो छ।

दक्षिण एसियामा नेपालपछि भुटान १८५ औँमा छ। उता बंगलादेश १९२ औँ स्थानमा छ। पाकिस्तान १९५ औँ स्थानमा रहँदा श्रीलंका २०७ औँमा खुम्चिएको छ।


२४ चैत २०७९, शुक्रवार ०९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु