आज फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?
धनगढी, असार २९ । सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला ९ सय ९० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२९ असार २०७७, सोमवार ०५:१७ बजे प्रकाशित































