यस्ता पनि पत्रकार ! मुद्दा मिलाइदिन्छु भन्दै पैसा असुल, परे प्रहरीको फेला
बारा, असार २९ । मुद्दा मिलाइदिन्छु भन्दै बाराका पत्रकार भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागूऔषध कारोबारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै आफन्तसँग रकम लिँदा उनी पक्राउ परेका हुन् ।
उनले रकम लिइसकेको रेर्कड फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
२९ असार २०७७, सोमवार ०४:५० बजे प्रकाशित































