punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै

Chaupati
safha napa

। गर्मी बढेसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमण देखिन थालेको छ । विगतका वर्षमा कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिममा पुनः कोरोनाको सङ्क्रमण देखिन थालेको हो ।

जाडो याममा शून्यमा झरेको कोरोना सङ्क्रमण गर्मी बढेसँगै देखिन थालेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमणको दर बढ्न थालेको छ । एन्टिजेन विधिबाट १६६ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेमा भारतबाट फर्किनेहरू छन् । भारतमा सङ्क्रमितको दर बढेसँगै यहाँ पनि सङ्क्रमणको दर बढेको हो ।

कोरोना सङ्क्रमणको ग्राफ उकालो लागेसँगै त्यसको न्यूनीकरणका लागि सतर्कता भने बढाउन सकिएको छैन । सर्वसाधारणहरू पनि बेफिक्री देखिएका छन् ।
सुदूरपश्चिम प्रदेशको भारतसँग जोडिएको मुख्य सीमा नाका गड्डा चौकी र गौरीफन्टाका साथै कैलालीको सत्ती भन्सार नाकामा सतर्कता बढाउन सकिएको छैन ।

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सङ्क्रमण जतिबेला पनि बढ्ने भएकाले तयारी बढाएको बताए । सीमा नाकामा केही केस देखिएसँगै नियमित रूपमा स्वास्थ्य जाँच र शंकास्पदहरुको नमुना सङ्कलन र परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाउँदै आएको उनले जनाए ।

जिल्लास्थित गड्डा चौकी र त्रिनगर गौरीफन्टा सीमा नाकामा स्वास्थ्यकर्मीहरू परिचालित अवस्थामा रहेको बताउँदै उनले थप प्रभावकारी बनाउन केही दिन अघि सरोकारवालाको बैठक समेत बसेको सुनाए ।


१८ चैत २०७९, शनिवार १२:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु