आज मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावको कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गर हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गर हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।मेघगर्जनर चट्याङ्ग तथा हावा(हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


१८ चैत २०७९, शनिवार ०८:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु