punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

Chaupati
safha napa

यो साता नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ थियो । जबकी, हिजो शुक्रबारसम्म आइपुग्दा घटेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य ६०० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार २०० ले घटेको सुनको भाउ मंगलबार १ हजार रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ५०० रुपैयाँले बढे पनि बिहीबार पुन ३०० ले घटेको सुनको भाउ शुक्रबार एकै दिन १ हजार रुपैयाँले बढेको थियो ।

यस्तै, यो साता चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सयको आँकडा छोएको छ । गत साताको शुक्रबार तोलामा १३ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य साताभरमा ४० रुपैयाँले बढेको हो ।


१८ चैत २०७९, शनिवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु