punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय युवा संघको धनगढी नगर अध्यक्षमा नाथ, यी हुन् अन्य पदाधिकारी

Chaupati
safha napa

राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा अभिसेक नाथ लोक सर्वसम्मत चयन भएका छन् । राष्ट्रिय युवा संघको नगर अधिवेशनबाट नाथ अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षमा रुद्र आग्री, सचिवमा रामबहादुर सिंह, कोषाध्यक्षमा श्रीया सिंह, उपसचिवमा संजय चापागाईँ र आयुश ओली चयन भएका छन् ।

अधिवेशनबाट कार्य समितिका ३७ जना सदस्य समेत सर्वसम्मत चयन गरेको छ । पदाधिकारी तथा सदस्यहरूले मंगलबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम् कैलाली इन्चार्ज अरुण कुँवरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितिलाई सम्बोधन गर्दै अध्यक्ष नाथले सबैलाई धन्यवाद दिएका छन् ।


१४ चैत २०७९, मंगलवार १९:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु