punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले गरे कार्यकारिणी सदस्य (खुला तर्फ) उम्मेदवारी घोषणा

Chaupati
safha napa

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जिल्ला नगर उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य (खुला तर्फ)  उम्मेदवारी घोषणा गरेका छन् ।

यहि चैत २८ र २९ गते काठमाडौँमा हुन गइरहेको ५७ औ वार्षिक साधारण सभा एवं निर्वाचनमा संघको कार्यकारिणी सदस्य (खुला तर्फ) को पदमा उम्मेदवारी दिने उनले आज सञ्चारकर्मीहरूलाई जानकारी दिएका हुन् ।

अहिले सम्म सुदूरपश्चिम प्रदेशबाट यो पदमा कोही पनि निर्वाचित हुन सकेका छैनन् । यस पटक जित्ने गरि समन्वय गरेर उनलाई अघि सारिएको उद्योग वाणिज्य संघ कैलालीका  सचिव ओम विक्रम विष्टले बताए ।

‘ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराजलाई संघको आधिकारिक उम्मेदवारको रुपमा अगाडी सारिएको जानकारी गराउन चाहन्छु’उनले भने यस बिषयमा सबैसँग समन्वय भएको छ । सबैले उहाँलाई जिताउन लाग्ने बताउनु भएको छ । ’

उम्मेदवारी घोषणा गर्दै कुँवरले यस क्षेत्रबाट व्यापारीको समस्याको आन्दोलन सुरु गरेर देशै भरी फैलाउन सफल भएको भन्दै आफूले जित्ने दाबी गरे । अध्यक्ष कुँवरले जिल्ला नगर सदस्य संस्थाको अध्यक्षबाट समन्वय गरेर उम्मेदवारी दिने भएकाले मतदान गरी सहयोग गरिदिन अनुरोध गरे ।


१४ चैत २०७९, मंगलवार १९:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु