punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रावलले ‘अछाम आउँदा भन्नुभएन’ भनेपछि पौडेलको जवाफ- ‘उहाँसँग भिसा, पासपोर्ट लिनु पर्दैन’

Chaupati
safha napa

कैलाली । नेकपा एमालेका वर्तमान उपाध्यक्ष विष्णु पौडेल र नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल बिच सवाल जवाफ भएको छ ।

एमालेले सुरु गरेको मिसन ग्रासरुट कार्यक्रममा एमाले उपाध्यक्ष पौडेल सोमबार अछाम पुगेका थिए । अछामको साफेबगरमा कार्यक्रम आयोजना गरिएको थियो । भीम रावलकै वडामा आयोजना गरिएको बृहत् कार्यक्रममा रावल भने थिएनन् ।

भोलि पल्ट रावलले धनगढीमा पत्रकारहरूका बिचमा आफूलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी नै नदिएर आएको बताएका थिए ।

तपाइको जिल्लामा आउनु भएको पार्टी नेतृत्वलाई तपाइले पनि स्वागत गर्नुपर्ने होइन र रु पत्रकारले सोधेको प्रश्नमा रावलले भने, ‘कुनै पनि पार्टीको व्यक्ति वा पाहुना आफ्नो घरमा आएपछि स्वागत गर्नुपर्छ तर, त्यो पाउनुले म आउँदै छु भन्नुपर्छ । थाहा नपाएको व्यक्तिलाई भान्सामा भात पकाएर राखिँदैन’ उनले अघि थपे ‘यदि मलाई विष्णु प्रसाद पौडेल जीले म आउँदै छु तपाइको गाउँमा भनेको भए म स्वागत गर्ने थिए ।’

सोमबार रावलको गृह जिल्लामा एमालेको ग्रास रुट कार्यक्रममा भएको विवाद पनि धनगढीमा रावलले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । उनले उक्त कार्यक्रममा उपाध्यक्ष आउँदा आफूलाई जानकारी नगराएको र अछाममा पुगेर आफ्नो विरोध गरेको आरोप लगाएका थिए ।

त्यस लगत्तै मङ्गलवार नै उपाध्यक्ष पौडेलले रावलको टिप्पणीको जवाफ फर्काएका छन्। उनले डोटी पुगेर रावललाई जवाफ फर्काएका हुन्।

‘उहाँ ९रावल० ले अछाममा मेरा विरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ,’ डोटीमा आयोजित ग्रासरुट कार्यक्रममा पौडेलले भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो।’

उपाध्यक्ष पौडेलले थपे‚ ‘उहाँलाई कसैले अछाम जाँदा उहाँसँग भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दो रहेछ, जुनसुकै नागरिकले पनि नेपालको जुनसुकै ठाउँमा जान पाउँछन्।’

अछाम जानका लागि रावललाई जानकारी दिन आवश्यक नरहेको उनको भनाई थियो। पौडेलले नेता रावल लगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाए।

पार्टीको १०औँ महाधिवेशनमा रावललाई उपाध्यक्ष बन्न सुझाव दिएको तर उनले अध्यक्षमै चुनाव लड्ने भनेपछि चुनाव भएको पौडेलले बताए।


१५ चैत २०७९, बुधवार ०७:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु