punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली पुगेर उपेन्द्र यादवले भने -रेशम चौधरी केही महिनामै रिहा हुन्छन्

Chaupati
safha napa

कैलाली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही महिनामै रिहा हुने दाबी गरेका छन् ।

आज धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतबाट चौधरी रिहा हुने दाबी गरे ।
‘रेशम चौधरीलाई रिहा गर्नु पर्छ । थरुहट आन्दोलन ले उठाएका मुद्धाहरु सम्बोधन गर्नुपर्छ, उनले भने, ‘ रेशम चौधरी केही महिना भित्रै रिहाइ हुने, सर्वोच्च अदालतले रिहाइ गर्छ भन्ने सम्भावना देखिन्छ।’

मुद्धाको प्रकृति हेर्दा उनी रिहाइ हुने सम्भावना रहेको यादवको दाबी थियो ।
अर्को प्रसङ्गमा उनले नेकपा एकीकृत समाजवादीसँग एकता हुन ढिलाइ हुनुको कारण पनि खोले ।
‘नेकपा एस र जसपाको बिचमा एकता गर्ने कुराहरू चर्चा परिचर्चामा अगाडी बढेको छ । एक दुई पटक छलफल भएको छ । धेरै कुरा मिल्छ एउटा समस्या छ जसपा समाजवादी पार्टी पार्टी हो अगाडी बढिसकेको छ’ उनले भने , नेकपा छोडेर एकीकृत समाजवादी मात्रै राखे एकता सम्भव छ ।’
राष्ट्रिय समस्याहरू समाधान गर्न संविधान संशोधन आवश्यक रहेको पनि उनले औँल्याए । यादवले केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने समेत दाबी गरेका थिए ।
उनले आफूले उपनिर्वाचन लड्न विषयमा अझै निर्णय गरिनसकेको समेत जानकारी दिएका थिए ।
‘तीन ठाउँमा उपनिर्वाचन हुन गइरहेको छ । बाराको बढि चर्चा छ । गठबन्धनबाट पनि संसद्मा आउनु पर्छ भनिरहनु भएको छ’ यादवले भने, ‘तर, हाम्रो पार्टी र गठबन्धनले अहिले सम्म कुनै निर्णय गरेको छैन । ’

अघिल्लो पटक सरकारको दिशा स्पष्ट नभएका कारण हामी सरकारमा नगएका हौँ । अहिले सरकार ठोस कदममा अगाडी बढेको छ। ’
प्रदेश सरकारहरूलाई अधिकार दिन नहुने यादवको जोड थियो ।
‘आज संघीय प्रणालीमा प्रदेशलाई दिनु पर्ने अधिकार संघीय कानुनको अभावले कार्यान्वयन हुन सकेको छैन सरकार छ अधिकार छैन’ उनले भने, ‘अव बनेको सरकारले सङ्घीयता कार्यान्वयनको लागि आवश्यक कानुन बनाउनु पर्छ ।’
आर्थिक सङ्कटबाट मुलुकलाई जोगाउन अर्थतन्त्रमा सुधारका आवश्यक रहेको यादवले बताए ।


१२ चैत २०७९, आइतवार १३:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु