punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हसुलिया–बडैपुर सडक वर्षौँदेखि अलपत्र

Chaupati
safha napa

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका र हुलाकी सडक अन्तर्गत कैलारी गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नतिसहित कालोपत्रेको काम वर्षौँदेखि अलपत्र परेको हो ।

१९ किलोमिटर लामो सो सडक कालोपत्रेका लागि केही खण्डको टेन्डर पनि आह्वान गरिए पनि कामले गति लिन नसकेको हो ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले पाँच किलोमिटर सडकमध्ये चार किलोमिटर कालोपत्रेका लागि २०७७ असार ७ गते बीबीएस कन्स्ट्रक्सन र करिब एक किलोमिटरका लागि मल्ल कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सरकारले ठेक्का रकमसमेत नपठाउँदा निर्माणको काम ठप्प भएको हो ।

सडक डिभिजन साइट कार्यालय धनगढीका प्रमुख गणेश बुढाले बजेट नभएका कारण बाँकी काम अघि बढाउन नसकिएको बताए । उनले भने, ‘पुरानो ठेक्का छ । तर चालु आर्थिक वर्ष हामीसँग बजेट छैन । बजेट नभएर काम गरेको बिलको समेत पैसा दिन सकिएको छैन ।’


१२ चैत २०७९, आइतवार ०९:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु