बेलडाँडीमा १५ शय्याको अस्पताल बन्ने, प्रदेश सांसद विष्टले गरे शिलान्यास
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा १५ शय्या अस्पतालको शिलान्यास गरेका छन् । शुक्रवार एक कार्यक्रमका बिच १५ शय्या अस्पतालको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विष्टले बेलडाँडी गाउँपालिकालाई ५ वर्षमा नमुना गाउँपालिका बनाउने लक्ष्य रहेको बताए ।
स्वास्थ्य क्षेत्र विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारको साथ सहयोग जुटाउन सदैव पहल गर्ने बताए ।
२०८१ मङ्सिर ६ सम्म निर्माण सम्पन्न हुने १५ शय्याको अस्पताल १६ करोड ५१ लाख ६२ हजार ५७७ को लागतमा निर्माण गरिने उक्त अस्पताल भवनको निर्माणको जिम्मेवारी निर्माण कम्पनी बङ्गलामुखी बैजनाथ जेभिले पाएको छ । बेलडाँँडीमा १५ शय्याको अस्पताल निर्माणको काम अघि बढेपछि यहाँका स्थानीय समेत हर्षित भएका छन् ।
१० चैत २०७९, शुक्रवार २२:१५ बजे प्रकाशित






























