punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

Chaupati
safha napa

नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो।

नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अंकका साथ एक सयौं स्थानमा उक्लिएको छ। यसअघि नेपाल १०३औँ स्थानमा थियो। एसियाली राष्ट्रको वरियतामा भने नेपाल २०औँ स्थानमा छ।

आज सार्वजनिक गरिएको वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ। इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छन्। नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन्।


१० चैत २०७९, शुक्रवार २२:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु