punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एम्बाप्पेको डेब्यु कप्तानीमा फ्रान्सको सानदार जित

Chaupati
safha napa

कप्तान किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले युरो छनोटमा सानदार सुरूआत गरेको छ।

यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको थियो।

गएराति घरेलु मैदान पार्क डेस प्रिन्सेसमा फ्रान्सले एम्बाप्पेको कप्तानीमा नेदरल्यान्ड्समाथि ४(० को जित निकाल्दै छनोटमा सानदार सुरूआत गरेको हो।

फ्रान्सको जितमा एम्पाप्पेले २ तथा उपकप्तान एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले समान एक(एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै एम्बाप्पेको पासमा ग्रिजमनले गोल गर्दै घरेलु टोलीले सुरूआती अग्रता लिएको थियो।

आठौं मिनेटमा डेअट उपमेकानोले अग्रता दोब्बर पारे। २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा ३(० ले अगाडि बढाए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको नेदरल्याण्डले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेन।

खेलको ८८औं मिनेटमा कप्तान एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै फ्रान्सको सानदार जित दिलाए।

इन्ज्युरी समयको अन्तिम मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाए पनि मेम्फिस डिपाएले गोल गर्न नसक्दा फराकिलो हार बेहोर्न बाध्य भयो।

यो जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक जोडेको छ। नेदरल्यान्ड्स अंकविहीन छ । यही समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टारलाई ३–० ले हराउँदै विजयी सुरुआत गरेको छ।


११ चैत २०७९, शनिवार ०७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु